‘राजावादी’हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह « Khabarhub

‘राजावादी’हरुको जुलुसमा सहभागी नहुन सरकारको आग्रह


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासनविरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको जनाएको छ ।

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको बेला सरकारले प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता खालमा भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको हो ।

सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले भने, ‘संवैधानिक प्रणाली, लोकतन्त्र, कानूनी शासन विरुद्ध जनतालाई भड्काउने प्रयास भइरहेको छ । प्रतिक्रियावादी र  पुनर्उत्थानवादीहरुका यस्ता खालका भड्काउ गतिविधिमा संलग्न र सहभागी नहुन आम जनसमुदायलाई आग्रह गर्दै नेपाल सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न सो दिशामा लाग्न हार्दिक अपिल गर्दछ ।’

केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ०२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका