इन्डोनेसियाका नाका फेरि बन्द गर्ने घोषणा « Khabarhub

इन्डोनेसियाका नाका फेरि बन्द गर्ने घोषणा


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाले पनि फेरि नाका बन्दको घोषणा गरेको छ ।

नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।

विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले स्पष्ट पारे ।

सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ । सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ ।

सङ्क्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशनसमेत भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ०५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि