नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह « Khabarhub

नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

दूतावासाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु- तोकिएको संख्याभन्दा बढी हुने गरी भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन भनेको छ ।

यस्तै विभिन्न पर्व उत्सवहरु मनाउँदासमेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भीडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना सङ्क्रमितको संख्या १ लाख ४३ हजार २२२ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ४१ हजार १५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २४४ जना पुगेको छ जसमा १८ नेपालीको पनि मृत्यु भएको छ ।

यद्यपि कतारमा कोरोना बिरुद्धको खोप भने सुरु भैसकेको छ । कतारमा  हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अहिलेसम्म मास्क नलगाउने ४ हजार १०५ जनालाई पक्राउ गरिसकिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नयाँ प्रकारको कोरोनाको जोखिम बढ्ने भन्दै साउदी, कुवेत, ओमान लगायतका मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् । ती देशहरूले सीमा क्षेत्रका स्थल मार्ग र जल मार्ग पनि बन्द घोषणा गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : २० बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको