नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह « Khabarhub

नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

दूतावासाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु- तोकिएको संख्याभन्दा बढी हुने गरी भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन भनेको छ ।

यस्तै विभिन्न पर्व उत्सवहरु मनाउँदासमेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भीडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना सङ्क्रमितको संख्या १ लाख ४३ हजार २२२ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख ४१ हजार १५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २४४ जना पुगेको छ जसमा १८ नेपालीको पनि मृत्यु भएको छ ।

यद्यपि कतारमा कोरोना बिरुद्धको खोप भने सुरु भैसकेको छ । कतारमा  हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अहिलेसम्म मास्क नलगाउने ४ हजार १०५ जनालाई पक्राउ गरिसकिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नयाँ प्रकारको कोरोनाको जोखिम बढ्ने भन्दै साउदी, कुवेत, ओमान लगायतका मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् । ती देशहरूले सीमा क्षेत्रका स्थल मार्ग र जल मार्ग पनि बन्द घोषणा गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : २० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा