आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

आधुनिक साजसज्जामा शुक्ल यजुर्वेद पाठ विधिसहितको पुस्तक सार्वजनिक


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ ।

वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । पुस्तकको सम्पादन स्वामी केशवानन्द गिरीले गर्नुभएको हो । वेदको पुस्तक पत्रमा प्राचीन खालको हुने भए पनि यो पुस्तक भने ‘डिमाइ साइज’को आधुनिक किसिमको छ ।

रेञ्जेनको खोलसहितको पुस्तकमा फन्ट पनि आधुनिक प्रयोग गरिएको छ । युनिकोडको यो फन्ट पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्ने अभियानमा लागेका स्वामी केशवानन्द गिरीले नै विकास गरेका हुन् । यसैले फन्टको नाम पनि केएन स्वामी राखिएको छ ।

पुस्तकमा वेद पाठको नियमसहित हात सञ्चालन र उच्चारण विधि पनि उल्लेख गरिएको छ । वेदको भूमिका, पृष्ठभूमिलाई नेपाली भाषामा पुस्तकमा समावेश गरिएको छ । वेदको विषयमा जान्न चाहने पाठकका लागि पनि पुस्तक उपयोगी छ । वेदका कतिपय विषयका पृष्ठभूमि टिप्पणीमा उल्लेख गरिएको छ । आकर्षक कागज उपयोग गरेर झोला प्रकारको गातामा सजिएको ३६० पृष्ठको पुस्तकको मूल्य रु ८०० तोकिएको छ ।

आफूले गुरुकुलमा निःशुल्क पढेको र सन्न्यास लिई सबैका लागि ज्ञान बाँड्ने अभियानमा लागेकाले लागत मात्र उठ्ने गरी मूल्य तोकिएको स्वामी केशवानन्द गिरी बताउँछन् । वेदको पृष्ठभूमि बुझेर आधुनिक डिजिटल फन्टमा पाठ गर्न चाहनेका लागि पुस्तक उपयोगी छ ।

पुस्तक प्रकाशनसँगै स्वामी केशवानन्दले शुक्लयजुर्वेदको सारस्वरसहितको भिडियो बनाई युट्युब च्यानलमा राख्ने तयारीसमेत गरेका छन् । श्रुतिसमेत भनिने वेदलाई कुनै समय कागजमा लेख्नसमेत नहुने धारणा राखिन्थ्यो । गुरुले शिष्यलाई कानमा सुनाएर बाँडिने ज्ञान भएकाले श्रुति परम्पराका रूपमा समेत चर्चित छ ।

आधुनिक युगमा मानिसको व्यस्तता बढेसँगै गुरुबाट वेद सुनेर कण्ठस्थ गर्न फुर्सद स्मरण गर्न सक्ने क्षमतासमेत नहुने भएकाले सारस्वरसहितको भिडियो सार्वजनिक गर्न लागिएको उनको भनाइ छ ।

युट्युबमा भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा शुद्धरूपमा सारस्वर र उच्चारण विधिसहित वेद पाठ सिक्न चाहनेका लागि पनि उपयोगी हुनेछ ।

चार/पाँच जनाको समूहमा यो काम गर्न लागिएको स्वामी केशवानन्द बताउँछन् । यसले गुरुकुलमा वेद पढिरहेका विद्यार्थी र पढाउने गुरुलाई समेत स्रोत सामग्रीको काम गर्नेछ । पूर्वीय दर्शनलाई प्रविधिसँग जोड्न लागिपरेका उनले संस्कृत सिक्न चाहनेका लागि संस्कृत भाषामै कार्टुनसमेत बनाउन थालेका छन् ।

दुई भाग कार्टुन तयार भई सामाजिक सञ्जालमार्फत प्रतिक्रियाका लागि सार्वजनिकसमेत गरिसकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १० : ०६ बजे

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा