साफ फुटबल बंगलादेशमा हुने « Khabarhub

साफ फुटबल बंगलादेशमा हुने


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ ।

महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १० : ४५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।