नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका « Khabarhub

नदी नियन्त्रणमा जुट्दै खैरहनी नगरपालिका


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो ।

नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस वर्ष रु सात करोडभन्दा बढी खर्च गरिँदैछ । स्वीस सरकारको पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणको काम थालिएको हो ।

राप्ती नदीमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलामा तटबन्धनको काम थालिएको प्रमुख चौधरीले जानकारी दिए । खैरहनी वडा नं ७ र ९ को वैरहनी दक्षिण सिमाना भएर बगेको पम्फाखोलामा रु एक करोड ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । त्यस्तै बूढीराप्ती खोलाको गौचरनमा रु ८० लाख बराबरको काम भइरहेको छ ।

बूढीराप्ती खोलाकै फसेर्नीमा रु ६० लाख, लदराखोलामा रु ३९ लाख र लदराखोला होलिल्याण्ड जाने बाटोमा रु ८० लाख बराबरको तटबन्धनको काम भइरहेको छ । राप्ती नदीमा चार स्पर निर्माणको काम थालिएको छ । त्यसका लागि झण्डै रु दुई करोड खर्च लाग्ने चौधरीको भनाइ छ । अन्य सानातिना तटबन्धनका काम पनि भइरहेका छन् ।

नदी तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ती खेतीयोग्य जमिनलाई जीविकोपार्जनसँग जोडेर तटबन्धनको काम गरिएको उनले बताए ।

पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रम अहिले दोस्रो चरणमा सञ्चालन भइरहेको छ । सो परियोजनाअन्तर्गत पूर्वी चितवन नदी नियन्त्रण तथा जीविकोपार्जन कार्यक्रमको ६० प्रतिशत, खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भइरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्दत पुगेको चौधरीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : ३५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी