विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी « Khabarhub

विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ ।

महिला ५० जना र  पुरुष २५० जना गरी कुल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना, महिला ८४ जना र नाबालक दुई  गरी ९१८ जना रहेका छन्

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिए ।

उनका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् ।  कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक एक जनाले रु ६०  र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् ।

यसैगरी दशैँ खर्च रु ३००, जाडोको लुगा खरिद गर्न रु एक हजार ५२५,गर्मीको लुगाको लागि एक हजार ४०० अतिरिक्त प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी  मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका  समस्या देखिने जनाइएको छ ।

दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरुको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी जीवन बिताउने बन्दीहरुको थप आयआर्जनका लागि उनीहरुले  मुडा र  टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरुले थप आयआर्जन गर्ने गरेको बताइएको छ ।

महिला कैदीलाई सीपको विकास गर्न उनीहरुलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।

कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् ।

सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरु मेहनत गर्न चाहेको र यसबाट उनीहरुले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।

कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम   व्यक्तिहरु निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् ।

कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा  जोखिम रहने र उनीहरुको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : १८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी