हवाई भाडा जुटाउन नसकेका थप ५ नेपालीलाई एनआरएनए कतारले दियो टिकट « Khabarhub

हवाई भाडा जुटाउन नसकेका थप ५ नेपालीलाई एनआरएनए कतारले दियो टिकट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका थप ५ नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि हवाई टिकट सहयोग गरेको छ ।

कोरोनाका कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार छैटौं चरणमा ५ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

छैटौं चरणमा डिसेम्बर २५ तारिखका दिन धनुषाका अर्बिन्द कुमार बिराजि,कपिलवस्तुका अब्दुल करिम शेख र अब्दुल रहिम शेख,रुपेन्देहीका अख्तर हुसेन मुसलमान र मुहमद सबिरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काइएको संघका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

अहिलेसम्म स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्धार समितिले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काईसकेको अध्यक्ष मुसलमानले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना