देशभर २४ घण्टामा ७०८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ७०८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० थियो ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ रहेको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमा उदयपुरमा एक, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ मा ३ जना संक्रमित थपिएका छन् । जसमा धनुषाका २ जना र रौतहटका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टाको अवधिमा वाग्मती प्रदेशमा ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एक, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जना थपिएका हुन ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीमा १९, गोरखामा एक, तनहुँमा एक, नवलपरासी पूर्वमा ५ र लमजुङमा एक जना थपिएका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एक, रुपन्देहीमा ३७ र रोल्पामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी कर्णाली प्रदेशमा ८ जनामा संक्रमित थपिएका छन् । जसमा जाजरकोटका एक र सुर्खेतका ७ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जना संक्रमित थपिएका हुन ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : १९ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर