वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण « Khabarhub

वाग्मती गाउँपालिकामा ५ शय्याको कोभिड अस्पताल निर्माण


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आज सो अस्पतालको उद्घाटन गर्दै मूलुकमा अझै कोरोना महामारी कायम रहेकाले सङ्घीय सरकारको निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गरी पाँच शय्याको अस्पताल व्यवस्थापन गरेको बताए ।

उनले भने, “अब यहाँका जनतालाई कोभिड सङ्क्रमण भएमा राख्ने ठाउँको अभाव हुनेछैन । बिरामी उपचारका लागि आवश्यक सम्पूर्ण सामग्रीसमेत जुटाइसकेका छौँ । अस्पतलमा एक एमबीबीएस चिकित्सक र दुई स्टाफ नर्ससमेत रहनेछ ।”

अर्कातर्फ वडा नं ४ प्यूटारस्थित थाङसिनटारमा १५ श्ययाको ‘गाउँपालिकास्तरीय अस्पताल’ भवन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःर्शत अनुदानमा ‘एकपालिका एक अस्पताल’को अवधारणाअनुरुप उक्त काम अघि बढाइएको थियो ।

गाउँपालिकास्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले कूल रु दुई करोड तीन लाख २२ हजार भ्याटसहित सम्झौता रकम भवन निर्माणका लागि दिएको ललितपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री र दरबन्दी सिर्जना गर्ने काम भने गाउँपालिका र प्रदेशको समन्वयमा हुनेछ ।”

सो गाउँपालिकास्तरीय अस्पताल तयार भइसकेपछि नजिकैरहेका बकैया गाउँपालिका र काभ्रेका जनताले समेत सेवा लिन पाउने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । उनले भने, “भौगोलिक रुपमा विकट रहेका वाग्मतीका सातै वडामा स्वास्थ्य चौकीको व्यवस्था छ । वाग्मतीको एक वडाबाट अन्य वडामा पुग्न घण्टौ हिड्नुपर्ने हुँदा भट्टेडाडाँको स्वास्थ्य चौकीलाई बढुवा गरेर ‘भट्टेडाडाँ अस्पताल’का रुपमा स्तरोन्नती गरिएको छ ।”

वाग्मतीका हरेक स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० बिरामी उपचारका लागि आउने गर्छन । वाग्मतीको वडा नं २ माल्टा र वडा नं ५ इकुडोलको स्वास्थ्यचौकी भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको हुँदा नयाँ बनाउन आवश्यक रहेको छ । वाग्मतीले गाउँपालिकाका जनतालाई हालसम्म एउटा मात्र एम्बुलेन्स सेवा दिइरहेको तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ४० बजे

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व