चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेविसंघद्वारा काठमाडौँमा मसाल जुलुस प्रदर्शन « Khabarhub

चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेविसंघद्वारा काठमाडौँमा मसाल जुलुस प्रदर्शन


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेपाल विद्यार्थी संघले मंगलबार साँझ बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि मसाल जुलुस प्रदर्शन गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।

महाराजगञ्जस्थित कान्तिबाल हस्पिटल अगाडीबाट मसाल जुलुस निकालिएको थियो ।

मसाल जुलुस प्रदर्शनमा उत्रिएका युवाहरुले ‘नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर’, ‘हुम्लामा चीनले मिचेको नेपाली भूमि फिर्ता गर’, ‘तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर’, लगायतका नाराहरु लगाएका थिए ।

चिनियाँ प्रतिनिधिमण्डल यहीँ १२ गतेदेखि नेपालको भ्रमणमा आएको हो । भ्रमणका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेट गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ४२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल