शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह « Khabarhub

शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै नेता सिंहले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए ।

‘२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगत बगाएका छन्’, नेता सिंहले भने, ‘शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेका ठहरिनेछ ।’

खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

म्याराथनमा ७० धावकको सहभागिता छ । म्याराथनमा देशभरबाट धावक सहभागी भएको र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने जनाइएको छ ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु भएको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगिता प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ तथा सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले यो दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल भएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३६ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा