शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह | Khabarhub Khabarhub

शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै नेता सिंहले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए ।

‘२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगत बगाएका छन्’, नेता सिंहले भने, ‘शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेका ठहरिनेछ ।’

खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

म्याराथनमा ७० धावकको सहभागिता छ । म्याराथनमा देशभरबाट धावक सहभागी भएको र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने जनाइएको छ ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु भएको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगिता प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ तथा सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले यो दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल भएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : ३६ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा