उपभोग्य बस्तु ढुवानी गर्ने पिकअप भ्यानमा ६३ किलो गाँजा « Khabarhub

उपभोग्य बस्तु ढुवानी गर्ने पिकअप भ्यानमा ६३ किलो गाँजा


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले ६३ किलो गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीमा सवार २ जनालाई गाँजा र अफिमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडी चालक बाराको पर्सौनी गाउँपालिका–६ घर भएका २८ वर्षीय रामजी साह तेली र गाडीमा सवार बाराको आदर्श कोतवाल गाउँपालिका–२ घर भएका ३० वर्षी प्रेम पटेल छन् ।

प्रहरीका अनुसार उनीहरुले दैनिक उपभोग्य बस्तुको ढुवानीका लागि प्रयोग हुने गाडीमा गाँजा तस्करी गर्ने गरेका थिए ।

शंकाको आधारमा मंगलबार बिहान चेकजाँच गर्दा गाडीमा फल्स बटम बनाइएको देखिएको थियो । प्रहरीले गाडी नियन्त्रणमा लिइ ग्यारेजमा लगेर फल्स बटम खोल्दा प्लास्टिकको २१ वटा पोको बनाएर ६३ किलो गाँजा र ३ सय ग्राम अफिल लुकाएको देखिएको थियो ।

प्रहरीले गाँजा र अफिमसहित पक्राउ परेका २ जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १२ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना