सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग « Khabarhub

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् ।

उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा रजनीकान्त घाइते भएका थिए । तर पछि यसलाई हल्ला भएको बताइएको छ ।

यो शुटिङका कारण रजनीकान्त समस्यामा परेका छन् । केही कार्यकर्ताले रजनीकान्तको गिरफ्तारीको माग गरेका छन् ।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार रजनीकान्तले बेयर ग्रिल्ससँगको शुटिङ बान्दीपुर टाइगर रिजर्व पार्कमा गरेका थिए ।

जसको विरोध भएको छ । विरोध गर्नेहरुले त्यहाँ रहेका जनावरको चिन्ता गर्दै रजनीकान्तको विरुद्ध आन्दोलन नै गरे । उनीहरुले शुटिङका लागि लागि जुन टिम त्यहाँ रहेको छ त्यसबाट जनावरलाई खतरा हुन सक्ने भन्दै आलोचना गरेका छन् ।

त्यस्तै उनीहरुले सुख्खा मौसम रहेका कारण जंगलमा आगो लाग्न सक्ने र पछि त्यसलाई नियन्त्रण गर्न नसकिने चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले उक्त कार्यक्रम हिउँदको समय नभइ वर्षात्को समयमा गर्नुपर्ने बताएका छन् । यो सुटिङमा रजनीकान्त जिम्मेवार रहेको भन्दै विरोधीहरुले उनलाई पक्रन माग गरेका हुन् ।

उक्त कार्यक्रममा रजनीकान्त र अक्षय कुमार भन्दा पहिला बेयरले प्रधानमन्त्री मोदीसँग पनि यो कार्यक्रम शुटिङ गरिएको थियो । डिस्कोवरी नेटवर्कको यो कार्यक्रम धेरै रुचाइएको कार्यक्रममा पर्ने गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ५७ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन