मालपोत कार्यालयका पियनले घुस खाएरै कमाए ९ करोड « Khabarhub

मालपोत कार्यालयका पियनले घुस खाएरै कमाए ९ करोड


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचारको पछिल्लो उदाहरण बनेका छन्, राजेन्द्र बस्नेत ।

मालपोत कार्यालय चाबहिलमा कार्यालय सहयोगी (पियन)को रुपमा कार्यरत रहँदा बस्नेतले झन्डै ९ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको छ ।

१९ कात्तिक २०४५ मा कार्यालय सहयोगीको रुपमा सरकारी सेवा प्रवेश गरेका बस्नेत समेत उनको परिवारका नाममा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ भेटिएको छ । जसमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै बैध आय भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

हाल निलम्बन रहेका बस्नेत मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी राजश्व रकम हिनामिना गरेको प्रकरणमा अख्तियारको टोलीबाटै पक्राउ परेका थिए । अख्तियारको टोलीले उनको साथबाट ११ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।

अनुसन्धानकै क्रममा बस्नेतले ठूलै रकम गैर कानूनी रुपमा अर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बस्नेतले आफ्नी श्रीमती सीता बस्नेतको नाममा मात्रै ६ करोड ४७ लाख २५ हजार १ सय ४५ रुपैयाँ बराबरको घर तथा जग्गा खरिद गरेका छन् । यस्तै, उनले आमा टुकु कुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्न ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ खर्च गरेका भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसन्धानबाट बस्नेतले ऋण चुक्ता गर्दा ३९ लाख ७६ हजार २ सय ९०, विभिन्न कम्पनीका बीमा पोलिसी खरिद गर्दा ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, दाजुभाईलाई अंश वापत नगद दिन १ करोड ५० लाख, पूँजीगत लाभकरमा ३ लाख ४७ हजार ४०, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५, शेयर खरिदमा १८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

जसअन्तर्गत उनले खर्च गरेको तथा हाल रहेको चल अचल गरी ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ३ : ३८ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा