दाजुको हत्या अभियोगमा मुसहरलाई १० वर्ष कैद सजाय | Khabarhub Khabarhub

दाजुको हत्या अभियोगमा मुसहरलाई १० वर्ष कैद सजाय


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका– ३ का ४२ वर्षीय बलराम सदा मुसहरलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशबाट अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

मादकपदार्थ खाएका अभियुक्तले ०७४ साउन २६ गते राति दाजुलाई घचेट्दै राँगा बाँध्ने किलोले प्रहार गरी घाइते बनाएकोमा भोलिपल्टै मृत्यु भएको भनी मृतककी श्रीमती रम्भाले उजुरी दिएकी थिइन् ।

घाइते बल्कुको साउन २७ गते बिहान मनकामना पोलिक्लिनिक फत्तेपुर, सप्तरीमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतककी श्रीमती ४५ वर्षीया रम्भा सदाले इलाका इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजूरी दर्ता गराउनु भएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो ।

उनी ०७४ भदौ २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : २७ बजे

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन

अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

रोबर्टसन– दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने