चावहिल चोकमा ‘सार्न मिल्ने’ आकाशे पुलको शिलान्यास « Khabarhub

चावहिल चोकमा ‘सार्न मिल्ने’ आकाशे पुलको शिलान्यास


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चावहिल चोकमा पैदल यात्रुको सहजताका लागि आकाशे पुल निर्माण काम थालिएको छ । विहीबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेका हुन् ।

फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ रहेको छ। बोलपत्र आह्वान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएका हुन् ।

निर्माण पक्षसँग गएको कार्तिक २७ गते नै सम्झौता भएको थियो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

आकाशे पुल शिलान्यासमा प्रमुख बिद्यासुन्दर शाक्यले पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए ।

यी पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् ।

‘पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको बर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।’ पुल शिलान्यास गर्दै मेयर शाक्यले भने ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष शुद्धकुमार डंगोलले भने, ‘पैदल यात्रुको अधिक चाप भएकाले चावहिल चोकमा आकाशे पुलको ठूलो खाँचो थियो । यहाँ निर्माण सम्पन्न भएपछि सडक र यात्रुको चाप हेरेर हामी अन्य ठाउँमा पनि पूर्वाधार बनाउनेछौं ।’

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ८ : २० बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको