कोरोनाको त्रासले जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या « Khabarhub

कोरोनाको त्रासले जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् ।

फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो।

थोमकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण राज्यमा चरम आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा थिए।

कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तामा बाँचिरहेको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको नजिक रहेर काम गरेका एक अधिकारीको भनाई छ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १९ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक