मौसममा पश्चिमी वायुको प्रभाव, आज सामान्य बदली हुने तर पानी नपर्ने « Khabarhub

मौसममा पश्चिमी वायुको प्रभाव, आज सामान्य बदली हुने तर पानी नपर्ने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा पश्चिमी वायुको आँशिक प्रभाव छ। जसका कारण देशभर सामान्य मौसमी बदली रहेपनि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य बदली भएपनि पानी नपर्ने महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १८ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित बर्षा हुन सक्ने देखीएको छ। हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

रातिः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ०३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले