लकडाउनपछि विश्वभरको वायुमण्डलमा सुधार « Khabarhub

लकडाउनपछि विश्वभरको वायुमण्डलमा सुधार


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोक्न भन्दै अधिकांश मुलुकले गरेको लकडाउनपछि विश्वभरका कलकारखाना तथा सवारी साधन बन्द हुँदा बातावरणमा सकारात्मक प्रभाव पारेको छ ।

न्यु साइन्टिस्टका अनुसार अन्टार्कटिकामाथिको ओजोन तहको प्वाल टालिनेक्रम बढेपछि विश्वभरको वायुमण्डलमा सुधार आएको छ ।

सन् १९७५ देखि यसरी कार्बनडाइअक्साइडको उत्पादन न्यून भएको यो दोस्रोपटक भएको बताइएको छ । कोभिड–१९ महामारीपछि लकडाउन भएका इटाली र चीनजस्ता देशहरूमा वायु प्रदूषण घटेको देखिएको छ।

वायुमण्डलमा सुधार भएपछि खराव वायुको बहाव रोकिएको साइन्स एलर्टले जनाएको छ। सन् १९८० को अन्त्यतिर ओजोन सतहमा क्षतिसँगै दक्षिणी वायु दक्षिणी ध्रुवतर्फ धकेलिएको थियो।

यसले गर्दा वर्षा र समुद्री हावाको बहावको ढाँचा पनि परिणत भएको अध्ययनले देखाएको थियो। सन् १९८७ को मोन्ट्रियल प्रोटोकलले भनेअनुसार ओजोन सतहमा क्षति पुर्‍याउने उत्पादन निषेध गरेको थियो ।

विश्वभरको यस्तो लकडाउनका कारण भएको वायुमण्डलीय परिवर्तनले काम गर्न थालेको दावी गरिएको छ ।

साइन्स डेलीको अनुसन्धान प्रतिवेदनअनुसार भू – उपग्रहबाट गरिएको नयाँ अनुसन्धान र हावापानीको तथ्याङ्क विश्लेषणबाट ओजोन सतह सुधारोन्मुख हुँदै गएको बताइएको छ ।

न्यु साइन्टिस्टले भने ओजोन तहको पूर्ण सुधार अर्को दशकभन्दा अघि सम्भव नभएको जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ३७ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र