अभिनयसम्बन्धी पुस्तक तयार पार्दै रंगकर्मी अनुप बराल « Khabarhub

अभिनयसम्बन्धी पुस्तक तयार पार्दै रंगकर्मी अनुप बराल


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगकर्मी तथा निर्देशक अनुप बराल सेल्फ क्वारेन्टाइनका बेला घरमै बसिरहेका छन् । केही समयदेखि पोखरामा बस्दै आएका बराल घरमा रहँदा फिल्म हेर्ने र पुस्तक लेख्नमा व्यस्त छन् ।

खबरहबसँगको कुराकानीमा उनले भने, ‘अभिनय र रंगमञ्चसम्बन्धी पुस्तक लेख्दैछु, त्यही पुस्तकको तयारीमा छु ।’

अनुपका अनुसार पुस्तकमा रंगकर्म, फिल्म, अभिनय, कार्यशाला, स्किृप्ट लगायतका विविध विधा समेटिने छ । यो क्षेत्रमा आउने चाहनेका लागि पुस्तक उपयोगी साबित हुन सक्ने उनको विश्वास छ ।

‘पुस्तकमा सबै समेट्ने प्रयास गरेको छु, पूर्णता पाउन अझै केही समय लाग्छ,’ उनले भने ।

फिल्म र रंगमञ्च क्षेत्रका पुस्तक नेपालमा त्यति प्रकाशन हुने गरेका छैनन् । अनुपले भने अभिनयका विविध आयाम समेटेर पुस्तक प्रकाशन गर्न लागेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्दा उनले फिल्म हेर्न पनि समय छुट्याएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : १६ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने