अभिनयसम्बन्धी पुस्तक तयार पार्दै रंगकर्मी अनुप बराल | Khabarhub Khabarhub

अभिनयसम्बन्धी पुस्तक तयार पार्दै रंगकर्मी अनुप बराल


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगकर्मी तथा निर्देशक अनुप बराल सेल्फ क्वारेन्टाइनका बेला घरमै बसिरहेका छन् । केही समयदेखि पोखरामा बस्दै आएका बराल घरमा रहँदा फिल्म हेर्ने र पुस्तक लेख्नमा व्यस्त छन् ।

खबरहबसँगको कुराकानीमा उनले भने, ‘अभिनय र रंगमञ्चसम्बन्धी पुस्तक लेख्दैछु, त्यही पुस्तकको तयारीमा छु ।’

अनुपका अनुसार पुस्तकमा रंगकर्म, फिल्म, अभिनय, कार्यशाला, स्किृप्ट लगायतका विविध विधा समेटिने छ । यो क्षेत्रमा आउने चाहनेका लागि पुस्तक उपयोगी साबित हुन सक्ने उनको विश्वास छ ।

‘पुस्तकमा सबै समेट्ने प्रयास गरेको छु, पूर्णता पाउन अझै केही समय लाग्छ,’ उनले भने ।

फिल्म र रंगमञ्च क्षेत्रका पुस्तक नेपालमा त्यति प्रकाशन हुने गरेका छैनन् । अनुपले भने अभिनयका विविध आयाम समेटेर पुस्तक प्रकाशन गर्न लागेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्दा उनले फिल्म हेर्न पनि समय छुट्याएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : १६ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो