कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या « Khabarhub

कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् ।

प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो ।

थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत थिए ।  कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताए ।

प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।

बौफियरले राज्यमन्त्री थोमस साफरको मृत्युका बारेमा भने, “साफरले जहिल्यै आममानिसका ठूल्ठूला अपेक्षा पूरा गर्न सम्भव होला र भन्दै चिन्ता व्यक्त गर्नु हुन्थ्यो । मेरो अनुमानमा उहाँलाई तिनै चिन्ताले धेरै सतायो, र त्यसबाट मुक्त हुने कुनै उपाय देख्नु भएन । उहाँ निकै चिन्तित हुनुहुन्थ्यो र हामीलाई छाडेर जानुभयो ।”

कोरोनाभाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।

साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थिए ।

जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ५४ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक