अमेरिकामा सामाजिक दूरीको नियम अप्रिल ३० सम्म, उल्लंघन गरे ५ सय जरिवाना « Khabarhub

अमेरिकामा सामाजिक दूरीको नियम अप्रिल ३० सम्म, उल्लंघन गरे ५ सय जरिवाना


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीयलाई सामाजिक दूरीको नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दूरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्ब्याउने घोषणा गरेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका हुन् ।

आगामी दुई साता मृत्युदर उच्च हुने र त्यसपछि जुन १ सम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पले दाबी गरेका छन् ।

यस्तै, न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सामाजिक दुरी कायम गर्न नमान्नेहरुलाई ५ सय डलर जरिवाना गरिने बताएका हुन् ।

जरिवानाको रकम २५० डलरदेखि ५ सय डलरसम्म हुने बताइएको छ ।

मेयर ब्लाजिओले सिटीका पार्कहरु र खेलमैदानहरु भने खुला नै राख्ने बताएका छन् । न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ ।

न्युयोर्क सिटीमा सामाजिक दूरी कायम नगर्नेहरुलाई ५ सय डलर जरिवाना गरिने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १७ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका