भारतमा अलपत्र परेका नेपालीलाई भोकको चिन्ता | Khabarhub Khabarhub

भारतमा अलपत्र परेका नेपालीलाई भोकको चिन्ता


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोजगारी गुमेपछि भारतभर तत्काल रोजगारी गुमाएका २० हजार भन्दा बढी नेपालीहरु दैनिकी कसरी गुजार्ने भनेर चिन्तित भएका छन् ।

कोरोनाको संक्रमण रोक्न भारत सरकारले गरेको लकडाउनका कारण अधिकांश उद्योग–प्रतिष्ठान, होटल-रेष्टुरेन्ट, शपिङ मल, स्टोर लगायतका व्यवसाय ठप्प हुँदा २० हजार भन्दा बढी नेपालीहरूको अस्थायी रुपमा रोजगारी गुमेको छ ।

कोभिड-१९ महामारीविरुद्धको लकडाउनपछि भारतका सबै राज्यहरूमा  नेपाली नागरिकहरूको जागिर मात्रै खोसिएको छैन्, उनिहरूमा बस्ने र खाने समस्या पनि उत्पन्न भएको एक नेपाली आरवी खड्काले बताएका छन्।

झन्डै २० हजारभन्दा बढी नेपाली नागरिकहरू अहिले अलपत्र परेको छन्। खानापिना र बस्ने बासको समेत बन्दोबस्त नभएपछि नेपाल सरकारसँग उनिहरुले उद्धारको माग गरेका छन् ।

नेपाल सरकार र सम्बन्धित निकायले समयमै समस्या समाधानको पहल नगरे भोकमरीले मरिएला भन्ने चिन्ताले सताएको उनिहरुले बताएका छन् ।

दक्षिण भारत, महाराष्ट्र, हिमाचल, पंजाव, जम्मू-कश्मीरलगायतका स्थानबाट करिब ७०/८०  घण्टाको दूरीबाट विभिन्न माध्यमबाट दिल्लीको  आनन्द बिहार बस अड्डा, कश्मीरी गेट बस अड्डा, नयाँ दिल्ली रेलवे स्टेशन, निजामुद्दीन रेलवे स्टेशन साथै आगरा र मथुरा पुगेका थिए नेपालीहरू अहिले अलपत्र अवस्थामा छन् ।

उनिहरुसँगै रहेका ६ सय जति नेपाली नेपाल आए पनि दक्षिण भारत लगायतका अन्य राज्यहरूबाट  नेपाल हिडेका झण्डै २ सय नेपालीहरु अहिले पनि दिल्लीमा अलपत्र परेका छन् ।

एक दुई दिनको खाने बस्ने प्रबन्ध भए पनि त्यसयता खानपिनमा समस्या निम्तिएपछि भोकले ब्याकुल हुने अवस्था आएका अलपत्र परेका नेपालीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ३५ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा