ब्राभोले भने: अब टी-२० मा वेष्टइन्डिजको प्रभुत्तो कायम राख्छ | Khabarhub Khabarhub

ब्राभोले भने: अब टी-२० मा वेष्टइन्डिजको प्रभुत्तो कायम राख्छ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेबियन टोली वेष्ट इन्डिजका अल राउउण्डर ड्यान ब्राभोले सहकर्मी आन्द्रे रसेल छोटो फर्म्याटको क्रिकेटमा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

दुई पटकको टी–२० विश्वकप विजता वेष्ट इन्डिज पछिल्लो समय भने लय गुमाउन पुगेको छ । वेष्ट इन्डिजले श्रीलंका, अफगानस्तान र भारतसँगका पछिल्लो समय खेलेका शृङ्खला गुमाएको थियो भने आयरल्यान्डसँग बराबरी गर्दा श्रीलंकासँगको टी–२० मा जीत हात पारेको थियो ।

२०१६ पछि ब्राभो आयरल्यान्डसँगको शृङ्खला खेल्नु अघि पहिलो पटक टोलीमा फर्किएका हुन् । उनी आएपछि खेलेका दुई शृङ्खलामा एकमा बराबरी र एकमा जीत हात पारेको छ । श्रीलंकालाई वेष्ट इन्डिजले २–० ले पराजित गरेको थियो ।

ब्राभोले आफ्नो टोलीले श्रीलंकासँग टी–२० जित्ने लक्ष्यसहित सहभागी भएको र त्यसमा सफल पनि भएको बताएका छन् ।

उनले वेष्ट इन्डिजको लक्ष्य टी–२० मा आफूलाई बलियो टोलीका रुपमा स्थापित गर्ने लक्ष्य रहेको वेष्ट इन्डिजको एक रेडियोसँगको अन्तवार्तामा बताएका छन् ।

‘ओडीआईमा ३–० को हार व्येहोर्नु पर्यो । टी-२० को टीममा कुरा हुँदा हामीले जितसँगै पुनरागमन गर्ने लक्ष्य बनाएका थियौं । हामी टी–२० मा सबैभन्दा बलियो टोली बनाउने लक्ष्यमा छौं,’ ब्राभोले भने, ‘हामीले विश्वका क्षमतावान खेलाडी उत्पादन गरेका छौं र ती सबै एकै टिममा छन् । विश्व क्रिकेटले वेष्टइन्डिज टोलीलाई सम्मान गर्ने माहोल बनाउँछौं खासगरी टी–२० फर्म्याटमा । त्यसको सुरुवात श्रीलंकालाई पराजित गर्दै भइसकेको छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ०१ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन