ब्राभोले भने: अब टी-२० मा वेष्टइन्डिजको प्रभुत्तो कायम राख्छ « Khabarhub

ब्राभोले भने: अब टी-२० मा वेष्टइन्डिजको प्रभुत्तो कायम राख्छ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेबियन टोली वेष्ट इन्डिजका अल राउउण्डर ड्यान ब्राभोले सहकर्मी आन्द्रे रसेल छोटो फर्म्याटको क्रिकेटमा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

दुई पटकको टी–२० विश्वकप विजता वेष्ट इन्डिज पछिल्लो समय भने लय गुमाउन पुगेको छ । वेष्ट इन्डिजले श्रीलंका, अफगानस्तान र भारतसँगका पछिल्लो समय खेलेका शृङ्खला गुमाएको थियो भने आयरल्यान्डसँग बराबरी गर्दा श्रीलंकासँगको टी–२० मा जीत हात पारेको थियो ।

२०१६ पछि ब्राभो आयरल्यान्डसँगको शृङ्खला खेल्नु अघि पहिलो पटक टोलीमा फर्किएका हुन् । उनी आएपछि खेलेका दुई शृङ्खलामा एकमा बराबरी र एकमा जीत हात पारेको छ । श्रीलंकालाई वेष्ट इन्डिजले २–० ले पराजित गरेको थियो ।

ब्राभोले आफ्नो टोलीले श्रीलंकासँग टी–२० जित्ने लक्ष्यसहित सहभागी भएको र त्यसमा सफल पनि भएको बताएका छन् ।

उनले वेष्ट इन्डिजको लक्ष्य टी–२० मा आफूलाई बलियो टोलीका रुपमा स्थापित गर्ने लक्ष्य रहेको वेष्ट इन्डिजको एक रेडियोसँगको अन्तवार्तामा बताएका छन् ।

‘ओडीआईमा ३–० को हार व्येहोर्नु पर्यो । टी-२० को टीममा कुरा हुँदा हामीले जितसँगै पुनरागमन गर्ने लक्ष्य बनाएका थियौं । हामी टी–२० मा सबैभन्दा बलियो टोली बनाउने लक्ष्यमा छौं,’ ब्राभोले भने, ‘हामीले विश्वका क्षमतावान खेलाडी उत्पादन गरेका छौं र ती सबै एकै टिममा छन् । विश्व क्रिकेटले वेष्टइन्डिज टोलीलाई सम्मान गर्ने माहोल बनाउँछौं खासगरी टी–२० फर्म्याटमा । त्यसको सुरुवात श्रीलंकालाई पराजित गर्दै भइसकेको छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ०१ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण