कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने « Khabarhub

कोरोनाका कारण स्थगित टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

२०२० को जुलाई २४देखि अगस्छ ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि पछि धकेलिएको थियो ।

ओलम्पिक २०२१ मा हुने भएपछि यसको नाम भने ओलम्पिक २०२० नै रहने आईओसीले जनाएको छ ।

यस्तै, पाराओलम्पिक गेम २०२१ अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानमैसञ्चालन हुनेछ । पाराओलम्पिक २०२० अगस्ट २५ देखि हुने तय भएको थियो । ओलम्पिक सेरे पनि यसका लागि छनोट भएका खेलाडीहरुले पुन छनोट खेल्नु नपर्ने आईओसीका अध्यक्ष थोमस बिचले बताएका छन्

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ५५ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ