धार्चुलाको क्वारेन्टाइनमा बसेका मजदूरलाई नेपाल ल्याइँदै « Khabarhub

धार्चुलाको क्वारेन्टाइनमा बसेका मजदूरलाई नेपाल ल्याइँदै

आज बिहानैबाट उद्धार सुरू


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारतको पिथोरागढस्थित धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई नेपाल ल्याउन सुरू गरिएको छ । झण्डै एक महिना क्वारेन्टाइनमा बसेका उनीहरूलाई उद्धार गरी नेपाल ल्यान सुरू गरिएको हो ।

गत चैत १३ गतेदेखि भारतीय भूमि धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपालीलाई उद्धार गरी आज (बिहीबार) बिहानैदेखि नेपाल ल्याउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका नेपाली कामदारलाई नेपाल ल्याउने बुधबार छलफल भएको र सोही छलफलको निष्कर्ष अनुसार बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रजिअ पौडेलले बताए ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि कहिले नेपाल ल्याउने भन्ने मिति तय भएको थिएन । बुधबार नै बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार थालिएको हो ।

सीमामा रहेका उनीहरुलाई नेपाल ल्याउन बैतडी र बझाङका प्रतिनिधि तीन दिन अघि नै दार्चुला पुगेका थिए । उनीहरुले क्वारेन्टाइनमा रहेकाको अवस्था बुझेर नेपाल फर्काउन आवश्यक पहल गरेका थिए ।

दुई नाकाबाट नेपाल ल्याइँदै

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझाङ नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ । दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने निर्णय भएको पौडेलले बताए।

नेपाल प्रवेश गराउनेक्रममा उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच गरिनेछ । उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको पौडेलले बताए ।

सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रहोबरमा घर पठाउने सहमति भए अनुसार काम भइरहेको भन्दै प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालय दार्चुलाले क्वारेन्टाइनमा रहेका सबैलाई मास्क वितरण गरेको बताए ।

घर लैजान यातायात व्यावसायी तयार

उद्धार गरिएका नेपालीलाई स्थानीय तहसम्म लैजान यातायात व्यावसायी तयारी अवस्थामा छन् । आफ्नो गाउँमा मानिस ल्याउन स्थानीय तहले नै यातायात व्यवसायीलाई आग्रह गरेको थियो । सोही आग्रह अनुसार व्यावसायीले तयारी गरेका छन् ।

उनीहरुलाई सीमाबाट सम्बन्धित स्थानीय तहसम्म लैजाने प्रवन्ध स्थानीय तहले नै मिलाएको पनि प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै