इबोलाको औषधि कोरोनाका बिरामीमा प्रभावकारी भएको अमेरिकी दाबी | Khabarhub Khabarhub

इबोलाको औषधि कोरोनाका बिरामीमा प्रभावकारी भएको अमेरिकी दाबी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन। विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड-१९ का लागि यो रामवाण चाहिँ नहुने बताएका छन्।

यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहनेछ।

इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो। यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।

यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा १,०६३ जनाले भाग लिएको बताइएको छ।

तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ।

इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउची भन्छन्, “तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ।”

यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड-१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए।

मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन।

यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११.६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्त्वपूर्ण नरहेको बताइएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  २ : ३८ बजे

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्नेपूर्वराष्ट्रपति

बीमा बोर्डले प्रतिष्ठानलाई झुक्यायो, पत्रले भन्छ- प्रथम सेवा केन्द्र तीन महिनासम्म, तर ‘सिस्टम अन’ केबल तीन दिनलाई

सुनसरी– स्वास्थ्य बीमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई

विपद्को पूर्वतयारीमा ध्यान दिन सुझाव

काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण