ट्रेकिङ गर्न आएका विदेशी पर्यटकको उद्दार, भरिया भने अलपत्र « Khabarhub

ट्रेकिङ गर्न आएका विदेशी पर्यटकको उद्दार, भरिया भने अलपत्र


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया संखुवासभाको सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लक डाउनका कारण सङखुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका हुन् ।

उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ । उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकी नजिकै चउरमा टेन्ट बनाएर बसेका छन् । लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडौंका छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् ।

उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए । उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ५० बजे

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई