कोरोना कहर : जापानमा संकटकाल एक महिना थप गर्ने तयारी « Khabarhub

कोरोना कहर : जापानमा संकटकाल एक महिना थप गर्ने तयारी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको संकटकाललाई थप एक महिना लम्ब्याउन लागेको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा संकटकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै संकटकाललाई देशव्यापी बनाइएको थियो ।

प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । बिहीरबा संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएका छन् ।

बुधबार पनि सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरुमा नयाँ संक्रमण देखिएको बताउँदै भनेका थिए, “के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं ? मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदैछ ।”

निक्की अखबार समेतका स्थानीय संचार माध्यमहरुले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरुसँग सरकारले छलफल गर्न लागेको बताएका छन् । विज्ञहरुले भने आपतकालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् ।

जापानमा आपतकाल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन । गभर्नरहरुलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न ।

क्षेत्रीय गभर्नरहरुले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् । अप्रिलमा शुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरुले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरु बन्द छन् ।

जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : ५४ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई