कोरोना संक्रमणको आशंकामा १२ हजार १९ जनाको पीसीआर विधिबाट परीक्षण « Khabarhub

कोरोना संक्रमणको आशंकामा १२ हजार १९ जनाको पीसीआर विधिबाट परीक्षण


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आजसम्म उक्त सङ्ख्यामा पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६८२ परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा ८, धनगढीमा १ र भरतपुरमा १ गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् ।

त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पिपिइलगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिए । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढिरहेको बताए । उनले गत पुसदेखि हालसम्म १८५ दादुरा रोगका बिरामी देखिएका जानकारी दिए ।

उनका अनुसार झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । जसमा चार महिनादेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ । स्वास्थ्य प्रशासक गौतमका अनुसार दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको छ ।

उनले यही वैशाख १७ देखि २३ गतेसम्म प्रकोप देखिएका क्षेत्रमा खोप सञ्चालन गरिसकेको जानकारी दिए । उनले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट पारे । खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हुँदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रुपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक गौतमले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ०२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल