प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग संवाद « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग संवाद


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरेका छन् । ‘आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे,’ प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत भनेका छन्, ‘उहाँले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका विषयमा जानकारी लिइरहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल