खाडी मुलुकमा जारी लकडाउन खुकुलो « Khabarhub

खाडी मुलुकमा जारी लकडाउन खुकुलो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – लाखौँ नेपाली श्रमिक कार्यरत खाडी मुलुकहरूले लकडाउन खुकुलो बनाउदै लगेका छन् ।

खाडी मुलुकहरू साउदी, यूएई, कुवेत, ओमानलगायतका मुलुकहरूले  विस्तारै आर्थिक गतिविधि सुरू गरेका छन् ।

कोरोना भाइरसको संक्रमणले महामारीको रूप नै लिएपछि कर्फ्यू नै जारी गरेका साउदी, कुवेत लगायतका मुलुक क्रमिकरूपमा खुल्न थालेका छन् ।

साउदीले विभिन्न चरणमा विभाजन गरेर दुई महिनादेखि जारी  कर्फ्यूलाई खुकुलो बनाउँदै लगेको छ ।

पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएको छ ।

बाँकी समय भने लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यसअघिको लकडाउनमा क्षेत्र र प्रान्तहरुबीचको आवागमन बन्द गरिएको थियो ।

खुला गरिएको समयमा साउदीमा खुद्रा तथा होलसेल पसलहरु र मलहरु खुल्नेछन् । तर सामान किन्न निस्कँदा र कारोबार गर्दा दूरी कायम गर्नुपर्नेछ भने पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने बन्द रहनेछन् ।

साउदीले दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गर्ने भएको छ ।

यो समयमा क्षेत्र र प्रान्तबीच आउजाउ गर्न पाइन्छ । यो समयमा सरकारी कार्यालयहरुसमेत खुल्नेछन् ।

तेस्रो चरण अन्तरगत जुन २१ पछि साउदी सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा फर्कने तयारी गरेको साउदीका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यूएईको दुबईमा पनि लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कर्फ्यूलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ ।

यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको थियो । त्यहाँ शिक्षण संस्था र सरकारी कार्यालयहरु खुला भएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि कुवेतले लामो समयदेखि जारी गरेको कर्फ्यू केही खुकुलो बनाएको छ ।

कुवेतले लकडाउनलाई पाँच चरणमा पूर्णरूपमा हटाउदै पूर्ववत अवस्थामा फर्कने जनाएको छ । सबै चरणहरु तीन हप्ताका रहेका छन् ।

योजना अनुसारनै भएमा सेम्टेम्बर १३ देखि कुवेत फेरि सामान्य अवस्थामा फर्कन सक्ने छ ।

ओमानको मस्कट गभरनेट क्षेत्रको लकडाउन शुक्रबारदेखि हटाइएको छ । मलेसियाले भने एक महिनाअघिदेखि नै लकडाउन खुकुलो बनाउदै आर्थिक गतिविधि सुरू गरिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ६ : ४३ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण