कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनबारे छलफल हुने


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संशोधनमा आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल हुनेछ ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको सत्तारूढ दलका नेताहरूले जनाउदै आएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : १० बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट