कैलालीका सात स्थानीय तहको सहकार्यमा कोरोना अस्पताल बनाइदै | Khabarhub Khabarhub

कैलालीका सात स्थानीय तहको सहकार्यमा कोरोना अस्पताल बनाइदै


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहहरूको सहकार्यकमा टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारी भएको छ ।

देशभरि पछिल्लोपटक कोरोना संक्रमितको संख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् ।

कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् । शुक्रबार टीकापुर अस्पताल विकास समितिको समन्वयमा जानकी गाउँपालिकामा बसेको बैठकमा स्थानीय प्रमुखबीच सहमति भएको हो ।

स्थानीय तहसहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शय्याको आइसोलेसन कक्ष अपुग हुने देखिएकाले टीकापुरस्थित सिटी हलमा थप ३० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गर्ने निर्णय गरेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

बैठकले टीकापुर अस्पतालका मेसु डा.जितेन्द्र कँडेललाई अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने बजेटको लागत अनुमान बनाउने जिम्मा दिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : २३ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै