लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल « Khabarhub

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको हो ।

नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम आवश्यक रहेकोले वडा नं ७ को गोदामचौरमा सार्वजनिक व्यायामस्थल निर्माण गरेको हो ।

गोदामचौरको नौ रोपनी क्षेत्रफल रहेको सार्वजनिक चौरलाई उपयोग गरेर सो निर्माण गरिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । अव्यवस्थित रहेको चौरलाई सम्माएर समथर बनाइएको छ । वरिपरि तारजाली लगाएर खुलाचौरलाई खेलमैदानका रूपमा विकास गरिएको छ ।

एक दर्जनभन्दा बढी सामग्रीसहित पार्क निर्माण गरेर सार्वजनिक व्यायामस्थल निर्माण गरेको पौडेलले बताए । भलिबल, क्रिकेट तथा चमच्चा पिङसहितको सबै वर्गमा मानिसले उपयोग गर्न सक्ने गरी निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले बजारमा घरभित्र रहेका व्यायामशालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगरवासी तथा सर्वसाधरणका लागि सार्वजनिकस्थलमा व्यायमस्थल निर्माण गरिएको बताए ।

नगरपालिकाले रु १० लाख बजेट खर्चिएर चौरमा व्यायामशालासहित अन्य पूर्वाधार निर्माण गरेको जनाएको छ । बजार नजिकैको उच्च भेग गोदाममा रमणीय दृश्यसहित वनको हरियालीसँगै शारीरिक अभ्यास गर्न पाउने भएपछि स्थानीय पनि खुशी देखिन्छन् । धवलागिरिमै पहिलोपटक यसरी सरकारी तवरबाट खुला व्यायमस्थल निर्माण भएको हो ।

व्यायामशालामा व्यायम सामग्री जडानको काम भइरहेको छ । यो मैदानलाई खेलमैदानका रूपमा विकास गरिए पनि जारी लकडाउनको बेला भने सबै खेलकूद र व्यायामका कार्यक्रम भने पूर्णतः रोक लगाइएको वडाध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ४६ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने