बैतडीका संक्रमितको पुनः कोरोना परीक्षण गरिँदै « Khabarhub

बैतडीका संक्रमितको पुनः कोरोना परीक्षण गरिँदै


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका कोरोना संक्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो । स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक भए/नभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो । संक्रमित पुष्टि भएको कम्तीमा पनि एक हप्तामा पिसीआर परीक्षण गर्ने गरिन्छ । लगातार दुई पटकसम्म पिसीआर रिपोर्ट नेगेटिभ आएपछि संक्रमित निको भएको पुष्टि हुने र त्यसपछि डिस्चार्ज गरिने उनले बताए ।

संक्रमितको एक हप्तापछि २४ घण्टा लगातार दुईपटक पिसीआर परीक्षण गर्ने गरिन्छ । गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । संक्रमित ती युवक चैत ६ गते भारतबाट आएका बुझिएको छ ।

संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ

बैतडीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका आठ प्रहरीसहित सबै ९९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

पिसीआर रिपोर्ट नेगेभिट आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित प्रशासनका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहित प्रहरी, जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी, संक्रमितका आफन्त र संक्रमितसँगै थुनामा रहेका थुनुवा छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएसँगै कन्टयाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वाब सङ्कलन गरी पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ ।

जिल्ला अस्पतालको आइसोलेसनकक्षको क्षमता विस्तार

जिल्ला अस्पताल बैतडीमा आइसोलेसन कक्षको क्षमता विस्तार गरिएको छ । यसअघि तीन श्ययाको क्षमता रहेको आइसोलेसनकक्षको क्षमता विस्तार गर्दै ८ श्ययाको बनाइएको हो ।

कोरोनाका शङ्कास्पद र संक्रमित व्यक्ति राख्न सहज होस् भनेर आइसोलेसनको क्षमता विस्तार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : ५० बजे

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

ढोरपाटन– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो

बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा

काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित

पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक

काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको