सलहको झुण्ड नै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ : नार्क « Khabarhub

सलहको झुण्ड नै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ : नार्क


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सलह किराको झुण्ड नै नेपाल प्रवेसको सम्भावना न्यून रहेकाले नआत्तिन आग्रह गरेका छन् ।

नार्कका किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले वैज्ञानिक उपाध्यायले सलह किरा सुख्खा क्षेत्रमा बस्न रूचाउने भएकाले उसले चाहेजस्तो मौसमी अनुकुलता नेपालमा नरहेको बताएका छन् ।

राजस्थान जस्तो धेरै सुख्खा क्षेत्र नेपालमा नभएको तथा सलह नेपालमा आइहाले त्यसलाई किटनाशक औषधिको माध्यमबाट नियन्त्रणमा लिन सकिने नार्कका प्रवक्ता मनोज ठाकुरले जनाएका छन् ।

सलहको अनुसन्धान गर्न कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा गठित टास्क फोर्सका सदस्यहरू पनि सलह भारतमा झैँ झुण्ड बनाएर आउने सम्भावना कम भएकोमा निष्कर्ष नजिक पुगेका छन् ।

भारतमा सबैभन्दा बढी सलहको प्रभाव देखिएको क्षेत्र राजस्थानबाट नेपाल आउन हावाको बेग दक्षिणदेखि उत्तरतर्फ हुनेपर्ने देखिएको छ ।

तर नेपालमा सामान्यतया पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वसम्म हावाको वहाव रहने भएकाले पनि सलह आउने सम्भावना कम भएको नार्कका वैज्ञानिकहरूको ठहर छ ।

यद्यपि सलह आउदैन भनेर ठोकुवा नै गर्ने अवस्था नरहेकाले तयारी भने गर्नुपर्ने प्रवक्ता ठाकुरले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : २७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज