सलहको झुण्ड नै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ : नार्क « Khabarhub

सलहको झुण्ड नै नेपाल आउने सम्भावना न्यून छ नआत्तिऔँ : नार्क


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सलह किराको झुण्ड नै नेपाल प्रवेसको सम्भावना न्यून रहेकाले नआत्तिन आग्रह गरेका छन् ।

नार्कका किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले वैज्ञानिक उपाध्यायले सलह किरा सुख्खा क्षेत्रमा बस्न रूचाउने भएकाले उसले चाहेजस्तो मौसमी अनुकुलता नेपालमा नरहेको बताएका छन् ।

राजस्थान जस्तो धेरै सुख्खा क्षेत्र नेपालमा नभएको तथा सलह नेपालमा आइहाले त्यसलाई किटनाशक औषधिको माध्यमबाट नियन्त्रणमा लिन सकिने नार्कका प्रवक्ता मनोज ठाकुरले जनाएका छन् ।

सलहको अनुसन्धान गर्न कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा गठित टास्क फोर्सका सदस्यहरू पनि सलह भारतमा झैँ झुण्ड बनाएर आउने सम्भावना कम भएकोमा निष्कर्ष नजिक पुगेका छन् ।

भारतमा सबैभन्दा बढी सलहको प्रभाव देखिएको क्षेत्र राजस्थानबाट नेपाल आउन हावाको बेग दक्षिणदेखि उत्तरतर्फ हुनेपर्ने देखिएको छ ।

तर नेपालमा सामान्यतया पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वसम्म हावाको वहाव रहने भएकाले पनि सलह आउने सम्भावना कम भएको नार्कका वैज्ञानिकहरूको ठहर छ ।

यद्यपि सलह आउदैन भनेर ठोकुवा नै गर्ने अवस्था नरहेकाले तयारी भने गर्नुपर्ने प्रवक्ता ठाकुरले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : २७ बजे

लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा

तेहरान- अमेरिकाले शुक्रबार लगातार छैटौँ रात इरानमाथि हवाई आक्रमण गरेको

सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य

इलाम– कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु

साउनमा किन लगाउने हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौं– साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते

मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश

नेपालगन्ज– उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको