कालिमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ « Khabarhub

कालिमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालिमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गरेर पिसिआर परीक्षण गरिएको थियो ।

सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवैजनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरुमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टिनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : २३ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले