काठमाडौं- राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिए ।
बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा खतराबारे पनि छलफल भएको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सम्पूर्ण रुपमा सुरक्षाको प्रबन्ध गर्न र चनाखो रहन निर्देशन दिएका छन् । बैठकमा विदेशमा ल्याइने नेपालीहरुको व्यवस्थापनमाका विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया