सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा संसद दिवसको शुभकामना | Khabarhub Khabarhub

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा संसद दिवसको शुभकामना


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद दिवसको शुभकामना दिएका छन् ।

आज शुभकामना जारी गर्दै राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

२०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

विगतका वर्षहरुमा विविध कार्यक्रम गरी दिवस मनाइँदै आएको भए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।

विज्ञप्तिमा संसदीय अभ्यासलाई सुधार गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

विज्ञप्तिमा जनतका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाको रुपमा संसदीय शासन प्रणालीलाई लिइने उल्लेख छ ।

साथै, संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने संघीय संसदका सभामुख र अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।

शुभकामना सन्देश यस्तो छ-

 

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ३२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ