कोरोना महामारीको अझै खराब अवस्था आउने डब्ल्युएचओको चेतावनी « Khabarhub

कोरोना महामारीको अझै खराब अवस्था आउने डब्ल्युएचओको चेतावनी


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अझै खराब अवस्था निम्त्याउने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि  सही नीति अवलम्बन नगर्दा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने चेतावनी दिएका हुन् ।

महामारी नियन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ ।

‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, महामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।

कोरोना भाइरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले महामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध  तथा लकडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।

ईयूले समेत जुलाई १ देखि विभिन्न १४ मुलुकलाई सुरक्षित देशको सूचिमा राख्दै यात्रा प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : २६ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा