म्याग्दी राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा « Khabarhub

म्याग्दी राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ ।

राहुघाट सल्लेरी वनको पाखोबाट पहिरो खस्न थालेपछि जोखिममा परेको हो । सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीयवासी लक्ष्मण चालिसेले बताए ।

उनकाअनुसार पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन तीन घरले सामान सारिसकेका र अरु पनि सर्ने तयारीमा छन् ।

राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयवासीका अनुसार करिब ६० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पाखोले ठाउँ छाडेर पाँच मिटर खसेको छ ।

सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए । पहिरो खसेको ठाउँभन्दा माथि दुई मूल फुटेर पानी बगिरहेको छ ।

कमजोर भू–धरातल भएको पाखोमा डोजर चालकले आफ्नै ढङ्गले खनेको सडक भूगोल नबुझिकन अहिले विस्तार गर्दा पहिरोको जोखिम बढेको छन्त्यालले बताए ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत गत वर्षदेखि राहुघाटबाट पिप्ले–भगवती–बेगखोला जोड्ने सडक स्तरोन्नति शुरू गरेको थियो ।

सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुनलगायतको खेतबारी पुरिएको छ । मल्लको करिब १०० बाख्रा र ८०० कुखुरा भएको कृषिफार्म पहिरोको जोखिममा परेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।

स्थानीयवासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको छ ।

‘महत्वपूर्ण सामग्री, कागजात र गरगहना झोलामा ‘स्ट्यान्डबाई’ राखेर जुनसुकै बेला भाग्न सक्ने अवस्थामा रहन आग्रह गरेका छौँ’, प्रजिअ ढकालले भने, ‘प्रहरीमार्फत सतर्कता अपनाउन सूचित गरेका छौँ ।’

पहिरोको जोखिममा रहेकालाई रातको समयमा राहुघाट पारी गलेश्वरको धर्मशालामा बस्ने व्यवस्था मिलाइएको छ ।

पहिरोका कारण बेनी–जोमसोम र राहुघाट–पिप्ले–भगवती–बेग सडक जोखिममा परेको छ । राहुघाट हुँदै पिप्ले र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक अवरुद्ध भएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनियर ओमराज ढुङ्गानाले सडक विस्तारका क्रममा सावधानी अपनाइएको भन्दै सडकका कारणले मात्र पहिरो नगएको बताए ।

नजिकै निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दा हुने विस्फोटको कम्पन र सुरुङबाट निस्कने पानी सडकमा फालिएका कारण पहिरोको जोखिम बढेको उनले बताए ।

कार्यालयका प्राविधिकहरुको टोलीलेसमेत पहिरोको निरीक्षण गरेको थियो । थप क्षति हुन नदिन सडकबाट बगिरहेको भललाई व्यवस्थापन गरिएको ढुङ्गानाले बताए । – रासस

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ४० बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा