प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल « Khabarhub

प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ ।

गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने अध्यक्ष युवराज कुँवरले बताए ।

अभियानका लागि गाउँपालिका क्षेत्रभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने उनले बताए । उनले भने, “कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहित गरिने छ ।”

कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उनले बताए ।

ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उनले बताए ।

नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय किसानको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले बताए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ५३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल