महाधिवेशनको कार्यतालिका टुंग्याउन कांग्रेसको केन्द्रीय समिति बस्दै « Khabarhub

महाधिवेशनको कार्यतालिका टुंग्याउन कांग्रेसको केन्द्रीय समिति बस्दै

बैठक १ बजे सानेपामा बस्ने


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसमा केन्द्रीय महाधिवेशन यथावत राखी तल्लो तहका महाधिवेशन सार्ने बारे छलफल हुँदैछ । त्यसका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि यो विषयमा आइतबार महासमिति बैठकमा छलफल भएको थियो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारी नियन्त्रणमा भएका सरकारी प्रयासबारे समेत छलफल हुनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण त्यो भन्दा पहिले नै तल्लो तहका महाधिवेशन गर्न नसकिने भएकाले त्यसको कार्यतालिका हेरफेर गर्नेबारे कांग्रेसमा छलफल भइरहेको हो ।

कांग्रेसमा ८ तहको महाधिवेशन गर्नु पर्ने हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण फागुनमा हुने केन्द्रीय महाधिवेशन पूर्व ती सबै महाधिवेशन गर्न सम्भव नदेखिएकाले सार्ने बारे बैठकमा छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुनको महाधिवेशन गर्नका लागि तयारी थाल्न सभापति शेरबहादुर देउवामाथि लगातार दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १२ : ४२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको