केरा खेतीमा कीरा लागेपछि किसान चिन्तित « Khabarhub

केरा खेतीमा कीरा लागेपछि किसान चिन्तित


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजापुर – केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझैं यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ ।

यस वर्ष कोसा लाग्न लागेको केरामा कोत्रे, गबारो, जुकालगायत कीरा लागेको र नियन्त्रण चुनौतीपूर्ण भएको गुलरियाका कृषक मुकुन्द सुवेदीले बताए । विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उनको भनाइ छ ।

जिल्लाका मधुवन, राजापुर र बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । आफूले यस वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको गुलरियाका कृषक कृृृष्णबहादुर भण्डारीले बताए । उनले अघिल्लो वर्ष हजार बोट केरा लगाउँदा रोगले अधिकांश बोट सखाप भएकाले अहिले ४०० मात्र लगाएका छन् ।

केराको बोट परीक्षण नगर्नु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको विचार कृषक सुवेदीले राखे ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केरा कृषकलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न लागिएको जानकारी दिए । गुलरिया नगरपालिका कृषि शाखाका अधिकृत कमल तामाङले खेतबारी सफाइ गर्ने, बालीचक्र अपनाउने, रासायनिक मल प्रयोग गर्ने गर्दा त्यस्ता रोग र कीरा नियन्त्रण गर्न सहयोग पुग्ने सल्लाह दिए ।

जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : ०५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।