राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको प्रचारमा एनसेलको सहयोग « Khabarhub

राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको प्रचारमा एनसेलको सहयोग


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ।

गतवर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ। यो अभियानमा काठमाडौं महानगरपालिका भित्रका १लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाउने सरकारी लक्ष्य छ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ। कोरोना भाइरस महामारी कै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । सन् २०२० को पाँचौ महिना मे को मध्यसम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ। सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो।

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ । यो अभियान काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ।

पहिलो चरण अन्तर्गत असार ११ गतेदेखि १३ गते सम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ।

दोस्रो चरणमा वडानं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ। त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गतेसम्म खोप लगाइनेछ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।

यो सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ। एनसेलले सरकारकालाई कोरोना भाइरस सम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै आएको छ। यस अघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घि गर्न पनि सहयोग गरेको थियो।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : ४१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि