कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति सार्वजनिक गर्दै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १२ जना र भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थप भएका सङ्क्रमितहरू रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, बाँकेका एकजना, डोल्पाका दुईजना र कालिकोटका दुईजना छन् ।

योसँगै कर्णाली प्रदेशमा हालसम्म १ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७२ जना निको भएका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : ४९ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको