काठमाडौं- पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गरिने प्रतिवद्धता जनाएको भए पनि परीक्षणको दायरा नबढेको पाइएको छ ।
तर कोरोना परीक्षणको दर हिजोको यो अझै कम हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालामा ४ हजार ७११ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।
यस्तै देशभर ५३ हजार ७० जना देशभर क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १० हजार ३४१ जना छन् ।
प्रतिक्रिया